काठमाडौं, १८ मंसिर । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराउँदा थापासहित १० जना घाइते भएका छन् काठमाडौं क्षेत्र नम्बर–४ का उम्मेदवार थापालाई लक्षित गरी नारायणस्थानस्थित चपली हाइटमा निर्वाचन प्रचारका क्रममा बम प्रहार भएको हो बम बिस्फोटबाट घाइते भएका थापासहित १० जनालाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ढाडमा सामान्य चोट लागेका थापाको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते भएकाहरुको नाम भने खुलिसकेको छैन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया