काठमाडौँ, १८ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन प्रचारको अन्तिम दिन आज काठमाडौँ क्षेत्र नं. ४ मा करिब ७ किलोमिटर पदयात्रा गरेको छ सो पार्टीले काठमाडौँको चाबहिलबाट बूढानीलकण्ठसम्म पदयात्रा गरी समानुपातिकमा मत मागेको हो कार्यक्रममा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले देशमा आर्थिक समृद्धिका कार्यक्रम सञ्चालन गरी जनतालाई प्रगतितर्फ लैजान आफ्नो पार्टीलाई मत दिन आग्रह गरे पार्टीका प्रवक्ता भुवन पाठकले मुलुकमा संस्कृति तथा परम्परालाई जोगाउनुपर्नेमा जोड दिँदै सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालाई कायम गरी विकसित राष्ट्र बनाउनका लागि राप्रपामा मतदान गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया