यसरी सुरु भयो अर्धनग्न तस्बिर, जसले अर्धनग्न फोटो पेन्टिङ गराउथिन

आजको समयमा सेलिब्रेटीहरु आफ्नो प्रचारका लागि विभिन्न प्रकारका हत्कन्डाहरु अपनाउँछन् । अमेरिकामा किम कार्दाशिया र पेरिस हिल्टनले त चर्चामा आउनका लागि आफ्नै सेक्स भिडियोसमेत लीक गरिदिए । यस्तै भारतमा पनि राखी सावन्त र पुनम पाण्डे अक्सर चर्चामा रहनका लागि विभिन्न प्रकारका तस्बिरहरु खिचाउने र लीक गर्ने गरिरहेका हुन्छन् । तर चर्चाका लागि यस्तो हत्कन्डा अपनाउने सेलिब्रेटीहरुको फेहरिस्त निकै लामो रहेको छ ।सुजी सोलिडोरतपाईलाई लाग्न सक्छ कि इन्टरनेट र सामाजिक सञ्जालका कारण सेलिब्रेटीले यसरी चर्चा बटुल्न खोजेका हुन् भन्ने तपाईलाई लाग्न सक्छ । तर यो सिलसिला निकै पुरानो हो । फ्रान्समा यस्तै एक महिला थिइन्, सुजी सोलिडोर । सुजी ती महिला थिइन्, जसको सबैभन्दा बढी पेन्टिङ बनाइएको थियो । करिब २ सय २५ कलाकारले सुजीको सुन्दरतालाई क्यानभासमा उतारेका थिए । जसमा तमारा लेम्पिका, ज्याँ काक्त्याऊ, फ्रान्सिस बेकन, मेन रे र फ्रान्सिस पिकाबियाजस्ता कलाकार समेत रहेका छन् सुजी सोलिडोर फ्रान्समा स्टार थिइन् । उनी आफ्ना अश्लील र लेस्बियन गीतका कारण चर्चामा थिइन् । तर आजको समयमा उनका बारेमा धेरैलाई जानकारी छैन । आज यदि सुजी हुन्थिन भने आफू चर्चामा आउन जे पनि गर्न पछि पर्ने थिइनन्, किनकी उनी हमेशा चर्चामा आउन मन पराउँथिन्, चर्चाकी भोकी थिइन् कलाकार सुजी एक खराब कारोबारी पनि थिइन् । कारोबारका लागि उनी आफ्नो सेक्सी छवी चक्काएर राख्ने गर्थिन् । उनी पेरिसमा नाइट क्लब खोलेकी पहिलो महिला थिइन् । उनको नाइटक्लबको नाम ला भी पेरिसियन थियो । उनी यहाँ नाच्ने र गाउँने गर्दथिन् र उनी आफूलाई सेक्स सिम्बल मान्थिन, जस्तो कि आजकी किम कार्दाशिया । सुजी आफ्नो यौनसम्बन्धको प्रदर्शन कारोबार बढाउनका लागि अनेक अनेकका किस्सा चर्चामा ल्याइथिन, ताकि धेरैभन्दा धेरै मानिसहरु उनको नाइट क्लबमा आउन् । सुजी सोलिडोरको जीवनमा आधारित नाटक एक नाटक हलमा हालै इङल्यान्डको म्यान्चेस्टर सहरमा प्रदर्शन गरिएको थियो । यसमा सुजीको भूमिका अभिनेत्री जेसिका वाकरले निभाएकी थिइन् । गत वर्षपनि यो नाटक न्युयोर्कको चर्चित ब्राडवे थिएटरमा प्रदर्शन गरिएको थियो सुजी सोलिडोरको जन्म फ्रान्सको ब्रिटनी प्रान्तको सेन्ट मालो नामको सहरमा भएको हो । उनका बाबु वकिल थिए भने आम उनलाई सहयोग गर्थिन । बाबुले भने उनलाई भेट्न समेत अस्वीकार गर्दथे । सुजीलाई भने उनी सामन्ती खानदानसँग सम्बन्ध राख्छन् भन्ने राम्रो जानकारी राख्थिन । पछि सुजी चर्चित बन्दै गएपछि भने उनका बाबुले उनीसँग सम्बन्ध कायम राख्ने कोशिस गरे । सुजीलाई उत्तेजक गीत मन पर्दथ्यो । उनी आफ्ना सेक्सी तस्बिर खिच्थिन र पेन्टरकोमा लगेर यस्तै पेन्टिङ बनाउन लगाउँथिन् । सुजीले १७ वर्षको उमेरमा घर छाडेकी थिइन् । पहिलो विश्वयुद्धका क्रममा उनले स्वयम्सेवकका रुपमा देशलाई सहयोग गरेकी थिइन् । सन् १९३२ मा उनी एक समलैगिक एन्टिक डिलरसँग पेरिस आइन् र तिनै व्यक्तिको सहयोगमा नाइट क्लब खोलिन् । दोस्रो विश्वयुद्धका क्रममा जब फ्रान्समाथि जर्मनीको कब्जा थियो, त्यसबेला पनि उनको नाइटक्लब चलिरहेको थियो । दोस्रो विश्वयुद्ध सकिएपछि भने उनीमाथि फ्रान्स सरकारले दुश्मनलाई सहयोग गरेको भन्द्र मुद्धा चलाएको थियो ।मुद्दा चलाएपछि सुजी बेलायत र अमेरिकाको लामो भ्रमणमा गइने र पछि फेरि फ्रान्समा नै फर्किएर नयाँ नाइट क्लब खोलिन । उनी समलैंगिकताका बारेमा खुलेर कुरा राख्थिन र उनका कतिपय गीत समलिंगी सम्बन्धबारे समेत रहेका छन् । फ्रान्समा जर्मनीको कब्जा रहेका बेला जर्मन सैनिक समेत उनको नाइट क्लबमा आउने गर्दथे । त्यसैबेला आएका केही पेन्टरले उनको स्विमसुटको पेन्टिङ बनाएका थिए । उनी अक्सर समुद्रको किनारमा स्विमसुटमा हिडिरहेकी भेटिन्थिन् भने उनी पार्टीहरुमा खुला कपडा लगाएर आएकी हुन्थिन, कम कपडामा तस्बि खिचाउथिन । उनको समय महिलाहरु यसरी हिड्ने समय थिएन धेरैले उनको आवाजलाई सेक्सी भन्दै तारिफ गर्दथे । महिला र पुरुष दुवै उनीसँग उत्तिकै नजिक हुन्थे र उनी आफैंलाई भने समलिंगी भन्थिन् । उनले फ्रान्सबाट केही यहुदीलाई भाग्न सहयोग समेत गरेकी थिइन् । दोस्रो विश्वयुद्धपछि चलेको मुद्धामा उनलाई देशद्रोही घोषित गरियो । उनलको फ्रान्स बसाई सहज भएन भने पुरानो लवाईखवाई पनि देखिएन । उनी अधिकांश समय रक्सीको नशामा भेटिन्थिन । उनको जीवनको अन्तिम क्षण निकै दुःख रुपमा बिते । सन् १९८३ मा गुमनाम रुपमा उनको मृत्यु भयो । तर उनका केही पेन्टिङ कैन नामको सहरको संग्रहालमा राखिएको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?