काठमाडौं, १९ मंसिर । ललितपुर महानगरपालिका २५ स्थित भैंसेपाटीमा बम भेटिएको छ भैंसेपाटी सैबुस्थित लालीगुराँस बहुउद्देश्य सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको घरको गेटमा बम राखेको प्रहरीले जनाएको छ आज बिहान करिब १० बजे मोटरसाइकलमा आएका ६ जना अपरिचित व्यक्तिले गेटमा बम राखेर फरार भएको बताइएको छ । बम राखेर फरार भएलगत्तै भण्डारीका आफन्तले प्रहरीमा खबर गरेको थियो । नेपाली सेनाको बम स्पिोजल टोलीबाट काम थालिएको थियो चुनावको मिति नजिकिँदै गर्दै राजधानी लगायत देशका विभिन्न स्थानमा बम आतंक बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया