राहुल गान्धी भारतीय कंग्रेस पार्टीको अध्यक्ष

नयाँ दिल्ली, १९ मङसिर – भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ सो पदमा उम्मेदवारी दिने उनीमात्र भएका छन् । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ बर्षदेखि कंग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी थिइन् स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए । उन्ली गत पाँच वर्षयता उपाध्यक्ष पदमा छन् आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?