काठमाडौं, २० मंसिर । च्याम्पियन्स लिग फुटबल अन्तर्गगत मंगलबारराति भएका खेलमा म्यान्चेस्टर युनाईटेड, बार्सिलोना, युभेन्टस र बायर्न म्युनिख विजयी भएका छन् समुह ए को खेलमा इंग्लिश क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सीएसकेए मस्कोलाई २–१ ले हराँयो । युनाइटेडको जितमा रोमेलु लुकाकु र मार्कस रास्फोर्डले एक एक गोल गरे भने सीएसएकेए मस्कोका लागि भिटिन्होले एक गोल फर्काए अर्को खेलमा स्विट्जरल्याण्डको एफसी बासेलले पोर्चुगलको बेनिफिकालाई २–० ले हरायो । बासेलको जितमा मोहम्मद इल्योउनोउसी र दिमित्री ओबर्लिनले एक एक गोल गरे यसैगरी समुह बी को खेलमा जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–१ ले हरायो । बायर्नको जितमा कोरेन्टिन टोलिस्सोले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे भने पीएसजीका लागि क्यालिन म्बाप्पेले एक गोल फर्काए सोही समूहको अर्को खेलमा बेल्जियमको एन्डरलेच्टले स्कटल्याण्डको सेल्टिकलाई १–० ले पराजित ग¥यो समुह सि का खेलहरुमा ईटालीको रोमाले अजरबैजानको काराबागलाई १–० ले हराउँदा इंग्ल्याण्डको चेल्सी र स्पेनको एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले यसैगरी समुह डि का खेलहरुमा स्पनेको बार्सिलोनाले पोर्चुगलको स्पोर्टिङ सीपीलाई २–० ले हराउँदा इटालीको युभेन्टसले ग्रिसको ओलम्पियाकोसलाई २–० ले नै हरायो मंगलबारातिका खेलपछि च्याम्पियन्स लिगको समुह ए बाट म्यान्चेस्टर युनाईटेड र एफसी बाजल, बी बाट पीएसजी र बायर्न म्युनिख, सीबाट एएस रोमा र चेल्सी तथा समुह डी बाट बार्सिलोना र युभेन्टस नक आउट चरणमा प्रवेश गरेका छन् । च्याम्पियन्स लिगका बाँकी समूहका अन्तिम चरणका खेलहरु आजराति हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया