काठमाडौं, २० मंसिर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा अहिले नेपाल र युएईबीच खेल भइरहेको छ अबुधाबीमा टस जितेर युएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेकाले दुवै देशका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै हो शीष चारमा पर्ने सम्भावना समाप्त भएपछि ८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । शीर्ष चारभित्र परेको भए नेपाल सोही श्रेणीमा रहन्थ्यो भने अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा स्थान पनि सुरक्षित गर्दथ्यो तर प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाल दोस्रो डिभिजनमा भरेको हो । नेपलासँगै युएई र नामिबिया पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन टु मा झरिसकेका छन् । अब स्कटल्याण्ड, हङकङ र केन्यामध्ये थप एक टोली डिभिजन टु मा झर्नेछ युएई विरुद्ध उसैको मैदानमा आज र शुक्रबार हुने दुई खेललाई नेपालले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीका रुपमा हेरिएको छ । डिभिजन टु प्रतियोगिताका आगामी फेब्रुअरीमा नामिबियामा हुदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया