सिमरा, २० मंसिर – मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय भएका छन् सबै सुरक्षाकर्मीको ध्यान यतिखेर निर्वाचनमा केन्द्रित भएको मौका छोपी तस्कर सक्रिय भएका राष्ट्रिय वन छेउछाउका स्थानीयबासीको भनाइ रहेको छ जिल्लामा रहेका चारवटा साझेदारी वन सहित राष्ट्रिय वनबाट राति राति काठ तस्करले सालको काँचो काठ काटी तस्करी गर्ने गरेको स्रोतको दाबी रहेको छ । तस्करले साइकल, मोटरसाइकल र ट्रयाक्टरमा समेत काठ लोड गरी भारततर्फ लाने गरेका छन् । नाकामा प्रहरी रहे पनि निर्वाचनतिर ध्यान केन्द्रित भएका कारण तस्करको भाग्य नै खुलेको छ त्यति मात्र नभई सालका रुख काटी तस्करले चिम्नी भटृामा बिक्री वितरण गर्ने गरेका छन् । उनीहरुले भारतका घोडासहान, छौडादानो, अदापुर, पचपोखरिया, अठमोहान, अगरवा लगायतका ठाउँमा तस्करी गर्ने गरेका छन् । वनका कर्मचारी पनि निर्वाचनमा खटेका छन् जसका कारण अहिले तस्करको मुख्य रोजाइ राष्ट्रिय वन नै परेका छन् राष्ट्रिय वन बाँचे मात्र वातावरण जोगिने भएको हुँदा वन जोगाउन सबै सचेत हुनुपर्ने कुरामा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया