नयाँदिल्ली, २८ मङसिर – भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र उनी नै सवैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताइन् यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन । यही बर्षको जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो रिता नामक चिम्पान्जी सन् १९६४ मा नेदरल्याण्डमा जन्मेकी हुन् । उनलाई चार बर्षको उमेरमा भारत ल्याइएको थियोे उनले धेरै समय दिल्ली चिडियाखानामा विताएकी छन् । चिम्पान्जीको औषत आयु ४० बर्ष भएपनि त्यो भन्दा धेरै लामो उमेर सम्म उनी बाँचेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया