काठमाडौँ, १ पुस । नेपाली काँग्रेस मकवानपुरका अध्यक्ष एवं नवनिर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी घोषणा गर्दा उपयुक्त हुने बताएका छन् यहाँ आज आयोजित कार्यक्रममा उनले जनताको चाहना र पूर्वाधारका आधारमा हेटाँैडालाई राजधानी घोषणा गर्न माग गरे त्यहाँ क्षेत्रीय वन कार्यालय, सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने भएकाले आफूले यो विचार अघि सारेको उनले उल्लेख गरे हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनेबारे आफूले प्रधानमन्त्री देउवासँग पनि कुरा गरिसकेकाले उपर्युक्त निर्णय हुने उनको विश्वास थियो नेता बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया