काठमाडौं, २५ भदौ- सरकारले यातायात व्यवसायीको दवावपछि सार्वजनिक बसमा छत (क्यारियर) राख्न अनुमति दिएको छ । दसैंका बेला अग्रिम टिकट बुकिङ नै नखुलाइ सरकारसँग सौदाबाजी गर्दै आएका व्यवसायीसामु सरकार झुकेको छ । सरकारले व्यवसायीको दवावमा छत राख्न दिने निर्णय गरे पनि यो कानुनविपरित कदम हो ।
दसैंमा २५ लाख सर्वसाधारणलाई उपत्यकाबाहिर पठाउनुपर्ने बाध्यताका कारण सरकारलाई झुकाउन व्यवसायी सफल भएका छन् । सार्वजनिक सवारीमा सरकार व्यवसायीसँग मात्र निर्भर हुँदा सरकार झुकेको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा मन्त्री वीरबहादुर बलायरलाई साक्षी राखेर व्यवसायीले नियमविपरितका आफ्ना माग पूरा गराएका छन् । गत वर्ष पनि रुट नभएका सवारी चलाउन नदिने भनेपछि व्यवसायीले अग्रिम बुकिङ नै खोलेका थिएनन्, करोबर्द्मा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया