‘अध्यक्ष ओलीको नेतृत्वमा वाम सरकार’

काठमाडौँ, ८ पुस – वाम गठबन्धनका नेताहरूले मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन् नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई सम्वोधन गर्दै वाम गठबन्धनका युवा नेताहरूले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो माओवादी केन्द्रका नेता तथा बिना विभागीयमन्त्री जनार्दन शर्माले तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र सरकार निर्माणसँगै पार्टी एकता हुने बताउनुभयो वाम सरकार गठन भएसँगै मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै मुलुकलाई सम्वृद्धि र विकासको बाटोमा अगाडि बढाउने उहाँको भनाइ छ एमालेका सचिव योगेश भट्टराईले कम्युनिष्ट पार्टीहरू सधैँभरि प्रजातन्त्र र जनताको पक्षमा रहेको हुँदा लोकतान्त्रिक मूल्य मान्यताको आधारमा छिट्टै सरकार गठन गरेर अगाडि बढ्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?