काठमाडौँ, २६ भदौ काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनमा सबैभन्दा बढी किशोरीमाथि यौनजन्य दुव्र्यहार हुने गरेको पाइएको छ । यस्तो घटना बिहानभन्दा साँझको समयमा बढी हुने गरेको छ ।
बस, मिनीबस, माइक्रोबस र टेम्पोमा सवार महिलामाथि हुने यौनजन्य दुव्र्यवहार र हिंसा नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले गत साउन १८ गतेदेखि ‘सेफ्टी–पिन’ अभियान सञ्चालन गरेको थियो, गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।
उक्त अभियान सञ्चालन भएको एक महिना अवधिमा ७० जना पक्राउ परेका छन् । यौनजन्य दुव्र्यवहारमा संलग्न ३७, अश्लील क्रियाकलाप देखाउने १०, अपशब्द प्रयोग गरी गालीगलौज गर्ने १०, पकेटमार आठ र अन्य पाँच पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी यौनजन्य दुव्र्यवहार नेपाल यातायातका बसमा हुने गरेको पाइएको छ । प्रहरी निरीक्षक शर्मिला गुरुङले सो सम्बन्धमा नेपाल यातायात बस व्यवसायी, चालक र सहचालकसँग छलफल गरिएको जानकारी दिइन् ।
सवारी साधनमा महिलामाथि यौनजन्य दुव्र्यवहार गर्ने पुरुषको उमेर १५ देखि २५ वर्षसम्म रहेको पाइएको छ । त्यस्तो गर्नेहरूमा केही पाका उमेरका व्यक्ति भेटिए पनि अधिकांश युवक छन् । उनीहरूको शैक्षिक योग्यता पनि कक्षा १० भन्दा कम हुने गरेको प्रहरीको निचोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया