इलाम, ११ पुस । इलामको देउमाई नगरपालिका–६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा रु ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो भएको दुईतले घर र पसलसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया