विमानस्थलनजिकै दुई वटा हवाई आक्रमण !

एजेन्सी । संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ ।  सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ ।
दुई वटा हवाई आक्रमण दक्षिण त्रिपोलीको विमानस्थलनजिकै भएको र तेस्रो दक्षिण त्रिपोलीमा रहेका वादी रबिइ शहरमा भएको सरकारी सुुरक्षा अधिकारीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 
विमानस्थलनजिकै भएको दुई वटा हवाई आक्रमण अप्रिलको शुरुबाट नै त्रिपोली शहर कब्जा गर्दै आएका खलिफा हफ्तार नेतृत्वको सैनिक अभियान विरुद्ध भएको बताइएको छ । 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) का अनुसार केही समययता जारी झडपमा परी ६ सय ५३ व्यक्तिको मृत्यु हुनुको साथै  ३ हजार ५४७ घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?