बालोन डीओरका दाबेदार पाँच खेलाडी: कस्ले मार्ला बाजी ?

एजेन्सी । बालोन डीुओर विश्व फुटबलकै प्रतिष्ठित अवार्ड हो । फुटबल खेलाडीहरुको ठुलो सपनामा बालोन डीओर अवार्ड जित्नु पनि हो ।

हरेक बर्ष प्रदान गरिने बालोन डीुओर बर्षको उत्कृष्ट खेलाडीले पाउने गर्छन् । १० बर्ष राज गरिरहेका लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पारेर गत सिजन रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए ।

यस सिजनको फुटबल लिगहरु समाप्त भईसकेको छ । यस बर्ष बालोन डीओर जित्ने खेलाडीको आँकलन सुरु भईसकेको छ । यस बर्ष पनि विश्व चर्चित खेलाडीहरु अवार्डका हकदार रहेका छन् ।

यस बर्ष बालोन डीुओर जित्न सक्ने सम्भावित पाँच खेलाडीहरु:

१) क्रिस्टियानो रोनाल्डो

पोर्चुगिज फरवार्ड रोनाल्डोले यस सिजन इटालियन क्लब युभेन्ट्सबाट सिरी ए को उपाधि उचाले । हालै रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाउन सफल भए ।

यसै बर्ष क्लब र राष्ट्रको लागि हासिल गरेको उपलब्धिसंगै रोनाल्डो पनि बालोन डीुओरका मुख्य दाबेदार बनेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडबाट इटाली पुगेका रोनाल्डोले पहिलो सिजन सिजन ३१ खेलमा २१ गोल गरेका थिए । ३४ बर्षे रोनाल्डो पहिलो सिजन नै मोस्ट भ्यलुएबल प्लेयर बनेका थिए ।

युभेन्ट्सलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलसम्म लैजान मुख्य भूमिका खेलेका रोनाल्डोले नेसन्स लिगमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले स्विजरल्याण्डविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरेका थिए ।

यस्तै फाइनलमा रोनाल्डोको टिमले भिर्गिलको टिम नेदरल्याण्डलाई स्तब्ध बनाएको थियो ।

२) भिर्गिल भान डिज्क

फाबियो कानाभारो सन् २००६ पछि भिर्गिल बालोन डीुओर जित्ने पहिलो डिफेन्डर बन्न सक्नेछन् । भिर्गिलले लिभरपुललाई १४ बर्ष पछि च्याम्पियन्स लिगको उपाधि जिताउन ठुलो भूमिका खेलेका थिए । भिर्गिलले यस सिजन पीएफए बर्ष उत्कृष्ट खेलाडीको उपाधि जितिसकेका छन् ।

नेदरल्याण्डका भिर्गिलले लिभरपुलका लागि यस सिजन भर उत्कृष्ट प्रदर्शन गरे । च्याम्पियन्स लिगको फाइनलमा टोटेनहम र सेमिफाइनलमा बार्सिलोनाविरुद्ध प्रदर्शन निकै उत्कृष्ट रहेको थियो । 
तर, भिर्गिलले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको उपाधि भने दिलाउन सकेनन् । फाइनलमा नेदरल्याण्ड पोर्चुगलसंग १-० ले पराजित भएको थियो ।

३) लियोनल मेस्सी

बार्सिलोनाका कप्तान मेस्सी पनि बालोन डीुओर अवार्ड मुख्य दाबेदार खेलाडी हुन् । भिर्गिलपछि अवार्डका लागि मेस्सीको बढी नाम आउने गरेको छ ।

मेस्सीले ११ बर्षको अन्तरालमा बार्सिलोनालाई आठौं पटक स्पेनिस ला लिगाको उपाधि दिलाउन सफल भएका छन् । यस बर्ष ला लिगामा ३६ गोल गर्दै मेस्सीले लगातार तेस्रो सिजन युरोपियन गोल्डेन शु समेत जितेका छन् । मेस्सीले यस सिजन पिचीची अवार्ड पनि जितेका थिए ।

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिए पनि मेस्सी सर्वाधिक गोलकर्ता बनेका थिए । ३१ बर्षे मेस्सीले च्याम्पियन्स लिगमा १२ गोल गरेका थिए ।

अर्जेन्टिनाका स्टार मेस्सीले बार्सिलोनालाई यस सिजन च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधि जिताउन नसक्दा भने अवार्डका लागि केहि धक्का पुगेको छ ।

४) मोहमद सलाह

लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्दा नायक थिए मोहमद सलाह । गत सिजन रियल मड्रिडविरुद्धको फाइनलमा घाईते भएका सलाहले टिमलाई उपाधि दिलाउन सकेका थिएनन् । र, यस सिजन सलाहले क्लबलाई च्याम्पियन्स लिग जिताउन मुख्य भूमिका खेले ।

यस सिजन प्रिमियर लिग र च्याम्पियन्स लिगमा उनले गरेको प्रदर्शनले सलाहलाई बालोन डीुओरको मुख्य हकदार मान्न सकिन्छ ।
इजिप्टका सलाहले यस सिजन प्रिमियर लिगमा २२ गोल गरेका थिए । र, उनले प्रिमियर लिगको गोल्डेन बुट अवार्ड आर्सनलका इम्रिक आबुमियाङसंग बाडेका थिए । च्याम्पियन्स लिगमा भने उनले ५ गोल गरेका थिए ।

२६ बर्षीय सलाहले इजिप्टलाई अफ्रीका कप अफ नेसन्समा छनोट गराउन मुख्य भूमिका समेत खेलेका थिए ।

५) केलियन एमबाप्पे

पेरिस सेन्ट जर्मेन पीएसजी का स्टार केलियन एमबाप्पेले यस सिजन उत्कृष्ट प्रदर्शन गरे । पीएसजीलाई फ्रेन्च लिगको उपाधि दिलाउन एमबाप्पेले यस सिजन ३३ गोल गरेका थिए । युरोपियन गोल्डेन बुटको दाबेदारमा उनि दोस्रो स्थानमा रहेका थिए ।

विश्वकप विजेता एमबाप्पेले यो सिजन क्लबका लागि कुल ३९ गोल र १७ असिस्ट गरेका छन् । २० बर्षे स्ट्राइकर एमबाप्पे युरोकप छनोटमा समेत उत्कृष्ट खेलिरहेका छन् । तर, पीएसजीका लागि उनले एक मात्र उपाधि जिते ।

च्याम्पियन्स लिगमा राम्रो नतिजा ल्याउन नसकेको पीएसजीले फ्रेन्च कपको फाइनलमा आश्चर्य जनक हार व्यहोरेको थियो ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?