बिरामीको मृत्युपछि ॐ अस्पतालले निकाल्यो यस्तो विज्ञप्ती ….

ॐ अस्पताल तथा रिसर्च सेन्टरमा उपचाररत बर्ष ५० की रामप्यारी थापा मगरको उपचारका क्रममा निधनभएको  मृतकका आफन्तजन लगायतले अस्पतालको नियमित सेवामा समेत बाधा पुग्नेगरी हुल(हुज्जत तथा नाराबजीगरी अस्पतालमा पुर्याएको भौतिक क्षतीप्रति अस्पताल प्रशासन खेद प्रकट गर्दै विज्ञप्ती जारी गरेको छ ।

 स्वास्थ्य उपचार सेवामा असन्तुष्टी भएमा कानूनी उपचारको बाटो हुँदाहुँदै हुलहुज्जत, नाराबाजी र तोडफोड जस्तो असामाजिक गतिविधिगरी अस्पतालको सेवामा खलल नपुर्याइदिनुहुन अनुरोध गर्दै विज्ञप्तीमा लेखिएको छ, ''ॐ अस्पताल तथा रिसर्च सेन्टरमा उपचाररत बर्ष ५० की रामप्यारी थापा मगरको उपचारका क्रममा निधनभएको बिषयलाई लिएर आफन्तका नाममा भेला भएको अराजक भिडले दिनभर अस्पताल परिसरमा नारावाजि गरी उपचार सेवामा बाधा पुर्याउने तथा अस्पतालमा तोडफोड समेत गरेका छन् ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको यस अघि नै तल्लो पेटको तीनपटक जटिल किसिमको शल्यकृया भइसकेको र उनको तौल समेत असामान्य रुपमा धेरै रहेको तथ्यबारेपरिवारजनलाई जानकारी गराई पूर्व सहमति लिएरमात्र उनको शल्यकृया गरिएको हो । सुन्दा सहज लागेपनि पित्तथैलीको पत्थर निकाल्ने अप्रेशन(कोलिसिसटेक्टोमी, उनको शारिरिक अवस्था र अन टेवल सर्जरी शुरु गर्दाको अवस्थामा देखिएको जटिल अवस्थाको परिवारजन तथा आफन्तजनलाई उपचारमा संलग्न चिकित्सक टोलीले तत्काल र उपचार अवधिमा नियमितरुपमा अवगत गराइरहेको समेत जानकारी गराउन चाहन्छौं ।

निज थापाका परिवार र जनप्रतिनिधिलगायतसँग उपचारमा संलग्न चिकित्सक, संचालक तथा प्रशासकहरुले पटक पटक बैठक गरी उपचारको यथार्थ विवरण समेत जानकारी गराएको अवगत गराउन चाहन्छौं । साथमा परिवारजन तथा आफन्तहरुकोलागि कानूनी उपचारकालागि समेत अस्पतालले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाइसकेको छ ।

यति हुँदाहँदै,वार्ता भइरहेकाबेलामा मृतकका आफन्तजन लगायतले अस्पतालको नियमित सेवामा समेत बाधा पुग्नेगरी हुल(हुज्जत तथा नाराबजीगरी अस्पतालमा पुर्याएको भौतिक क्षतीप्रति अस्पताल प्रशासन खेद प्रकट गर्दछ । साथै यस घटनामा घाइते हुनुभएका बिरामीका आफन्तहरु,सुरक्षाकर्मीहरु लगायतका अन्य प्रभावितहरुप्रति समेत अस्पताल प्रशासन दुख प्रकट गर्दछ ।

अस्पतालमा उपचार सेवाकालागि आएका बिरामीहरु तथा भर्नाभई उपचार गराइरहेका बिरामीहरुमापर्नगएकोअसुबिधाकालागि क्षमाप्रार्थी छौं ।

उपचारका क्रममा आइतबार बिहान बिरामीको अवस्था खस्कदै गएको बुझेर उनलाई सघन उपचार कक्षमा सारियो।संक्रमण बढ्दै गएकाले चिकित्सकको अनुभव तथा जजमेन्टका आधारमा सानो शल्यकृयागरिहेर्दाआन्द्रामा छिद्र देखिएकोले तत्काल अप्रेशन गरी आन्द्रा जोड्ने संभावना नरहेको हुँदा इलियोस्टोमीगरीयो ।

बिरामीको अवस्था थप खस्कदै गएपछि आइसियुका पछिल्ला औषधिहरु प्रयोग गरीसकेपछि र डायलाइसिस गरेपछिपनि अवस्थामा सुधार नदेखिएको र मृगौला, मुटु लगायतका अंगहरुले समेत काम गर्न छाड्दै गएको अवस्थामा बिहिवार बिहान ७ बजे उनको निधन भयो ।

स्वास्थ्य उपचार सेवामा असन्तुष्टी भएमा कानूनी उपचारको बाटो हुँदाहुँदै हुलहुज्जत, नाराबाजी र तोडफोड जस्तो असामाजिक गतिविधिगरी अस्पतालको सेवामा खलल नपुर्याइदिनुहुनसम्बन्धित सबैलाई अनुरोध गर्दछौं । 

अन्त्यमा, बिगत २५ बर्षदेखी निरन्तर आम नेपाली जनमानसको पहुँचमा पुग्नेगरी उपचार सेवा प्रदान गरिरहेको ॐ अस्पताल सदाझैस्तरियउपचार सेवाकालागि प्रतिवद्ध छ ।'' 

                                
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?