लिच्चीमा हुने विषाक्त पदार्थका कारण ५० बालबालिकाको मृत्यु

दिमागी रोगका कारण विहारमा झण्डै ५० बालबालिकाको मृत्यु भएको छ ।

लिच्चीमा हुने विषाक्त पदार्थका कारण पनि तीन साताको बीचमा ५० बालबालिकाको मृत्यु भएको बुझिएको छ । 

विहारको स्वास्थ अधिकारीले विहिबार यसबारे तथ्याङ्क दिने क्रममा कडा खालको इन्सेफलाईटीसको कारण ४७ बालबालिकाको मृत्यु भएको बताएका छन् । 
जनवरी यता मुज्जफरपुरका दुई ठूला अस्पतालमा त्यस रोगका १७९ विरामी भर्ना भएका अस्पतालले बताएको छ ।

तर बालबालिकाको मृत्यु हुन थालेको भने अघिल्लो हप्ताबाट मात्र हो ।

सन् २०१३ मा इन्सेफलाइटीसका कारण उत्तर प्रदेशमा कम्तीमा पनि ३५१ मानिसको ज्यान गएको थियो । 

अध्ययनले बालबालिका गुमाएका केही अभिभाविकको कुरा पनि उल्लेख गरेको छ । तीमध्ये धेरैले तिनका बालबालिकाहरु कयैन पटकसम्म दिनभरी जसो लिच्ची खाएर साँझ फर्कने गरेको र खाना नखाई सुत्ने गरेको बताएका थिए । लिच्ची खाएर बेलुकाको खाना नखाई सुत्ने बालबालिकामा हाइपोग्लाईकेमिया हुने सम्भावना दुई गुणा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?