आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ ।

पहिलो खेलमा साविक विजेता अस्ट्रेलिया र पूर्व श्रीलंका भिड्दैछन् ।

लन्डनको दी ओभल स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बलियो टोली अस्ट्रेलिया र श्रीलंका दुवैको लक्ष्य जित निकाल्ने रहेको छ ।

यसैगरी सोफिया गार्डेन्समा साँझ ६ः१५ बजे सुरु हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

अफ्रिका र अफगानिस्तान यस विश्वकपमा निकै कमजोर देखिएका छन् ।

 

अस्ट्रेलिया र श्रीलंकाको विश्वकपमा यो पाँचौं खेल हो ।

यसअघिका चारमध्ये तीन खेलमा विजयी भएको अस्ट्रेलिया एक खेलमा पराजित भएको छ ।

पाँच पटक विश्वकप उपाधि जितेको अस्ट्रेलिया ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?