न्युरोड जाने काम परेका सबैजसोलाई सताउने एउटा साझा चिन्ता छ, पार्किङको ।
कहाँ गर्ने पार्किङ ?
यो विकराल समस्याको समाधान भइसकेको छ । अब तपाई सवारी लिएर न्युरोड एरियातिर जाँदै हुनुहुन्छ भने भोलिदेखि घरबाटै उपयुक्त पार्किङ स्थल बुक गर्न सक्नुहुनेछ । अर्थात् तपाईको मोबाईलमा एप डाउनलोड गरेर आफ्नो लागि स्थल बुक गर्न सक्नुहुन्छ ।
काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो ।
न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ संचालनमा आएसँगै यो समस्या समाधान हुने अपेक्षा लिइएको छ ।
काठमाडौं महानगरपालिकाले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाइ पछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको गरी कुल पाँच स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागेको कम्पनीका आइटी को–अर्डिनेटर हरीष अग्रवाल बताउँछन् ।
तीन महिना अघि काठमाडौं महानगरले ह्विल्स ट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेकोमा कम्पनीले स्मार्ट पार्किङ सञ्चालनको ट्रायल गत साताबाट सुरु गरिएको थियो ।
सुरुमा आठ साय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको बुझिएको छ ।
व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।
स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ ।
उपभोक्ताले न्युरोड जानु अघि मोवाइलबाटै 'रियल टाइममा ' कुन ठाउँ खाली छ ? भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।
ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् ।
सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया