काठमाडौँ- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्म हुने जनाएको छ ।
भूकम्प पीडितहरुलाई ध्यानमा राखी प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको प्राधिकरणले जनाएको छ ।
२०७६ जेठ मसान्तभित्र दर्ता गरी कार्यविधिअनुसार सिफारिस प्राप्त भएका गुनासाहरुको सर्वेक्षणका लागि समय थप गरिएको हो ।
६० हजार गुनासोकर्ताको विवरण प्राधिकरणमा आइपुगेको छ ।
प्राधिकरणले यस समयावधिभित्र आआफ्नो क्षेत्रमा खटिएका प्राविधिकहरुमार्फत् लगत संकलन कार्य गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया