काठमाडौं । ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको लागि माछापुछ्रे बैंकले रेटिङ गराएको छ ।
बैंकले पर्याप्त मात्रामा सुरक्षित जनाउने रेटिङ ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको इक्रा नेपालले जनाएको छ ।
१० दशमलव २५ प्रतिशत व्याजदरमा बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । यस्तै सर्वसाधारणको लागि बैंकले ३ अर्ब मध्य एक अर्ब २० करोड निष्कासन गर्नेछ ।
एजेन्सिका अनुसार बैंकको पूँजीकरणको अवस्था राम्रो भएका कारण ऋणपत्र पनि सुरक्षित रहेको छ ।
यस्तै रेटिङ एजेन्सीले प्रतिवेदनमा भौगोलिक रुपमा साखा कार्यालयको विस्तार सुरक्षित हिसावले कर्जा सञ्चालन गरिरहेको उल्लेख गरेको छ ।
सबैभन्दा धेरै ऋण लगानी भएका २० जनाको हिस्सा २२ प्रतिशत र सबैभन्दा धेरै निक्षेप संकलन गर्ने २० जनाको हिस्सा २३ प्रतिशत रहेको छ ।
क्रेडिट बैंकको पोर्टफोलियो ५ वर्षको अवधिमा २४ प्रतिशतले बृद्धि भएको छ । एजेन्सिका अनुसार विगतका तीन चार वर्षको अवधिमा उक्त बैंकको खुद ब्याज आम्दानीमा आउने फरक ३ दशमलव ५ प्रतिशत भन्दा माथि रहेको छ ।
निक्षेपको व्याजदर उच्च हुँदा पनि निक्षेपको व्याजदर साथै ऋण लगानीको व्याजदर ३ दशमलव ५ प्रतिशत भन्दामाथि हुँदा बैंकको मुनाफा बढ्न मद्दत गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया