निगमले बोइङ फेजआउट गर्ने, बोइङ बिक्रीका लागि एक साताभित्रै टेण्डर

काठमाडौं । नेपाल वायुसेवा निगमसँग रहेको बोइङ फेजआउट गर्ने भएको छ । एउटा मात्र बोइङ बाँकी रहेको निगमले अहिले एयरवस खरिद गरि संचालन गर्दै आएको छ ।

बोइङ बिक्रीका लागि एक साताभित्रै टेण्डर निकालिने निगमका प्रवक्ता नवराज कोइरालाले जानकारी दिएका छन् । बोइङको आर्थिक अध्ययनका लागि विज्ञ टोलीले चार महिना अघिनै गठन गरेको थियो । प्रवक्ता कोइरालाले बोइङ उडाउन भायबल नदेखिएपछि बिक्री गर्न लागेको जानकारी दिए । 
सन् १९८७ सेप्टेम्बर १९ तारिखमा निगमले ’कर्णाली’ खरीद गरेको थियो । 

सन् १९८८ सेप्टेम्बर १ तारिखमा दोस्रो बोइङ ’गण्डकी’ खरिद गरेको थियो । त्यसबेला निगममा महाप्रबन्धक बलीराम सिंह थिए, भने कार्यकारी अध्यक्ष ईश्वरीलाल श्रेष्ठ थिए । निगमले ल्याएको बोइङ ’गण्डकी’ कार्गो र पेसेन्जर बोक्ने ’कम्बी’ जहाज ल्याएको थियो ।

निगमले बोइङ किनेपछि पश्चिमा देश दुबई, पेरिस, लण्डन, फ्र्याङ्कफर्ट उडान भरेको थियो भने सार्क मुलुक अन्तर्गत कोलकत्ता, ढाका, कराँची, म्यानमार, माल्दिभ्स, सिंगापुर, कोलम्बो, बैंकक, हङकङ, संघाई, ओसाका, दिल्ली, ,बैंगलोर, मुम्बाई लगायत क्षेत्रहरुमा उडान भरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?