पाकेटमारका कोडभाषा : घोप्टे- खुकुरी, पुलिसलाई ठुल्दाई थाहा पाऔँ केलाई के भन्छन् ?

काठमाडौँ ।  काठमाडौ प्रहरीले हिजोमात्रै ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गर्यो । 

सार्वजनिक सवारी साधानमा पकेटमार गर्ने र विभिन्न ठाँउमा चोरी गर्दै हिड्ने ८२ जना पकेटमारलाई  टेकु प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । 

तपाईलाई थाहा छ ? सार्वजनिक सवारीमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै 'कोड भाषामा' कुरा गर्छन् । अरु मानिसहरुले आफ्नो चोरीको  दाउ थाहा नपाउन् भनेर उनीहरुले 'कोड ल्याङ्ग्वेज' प्रयोग गरेका हुन् ।  

पाकेटमारी घटना सुनाउदै प्रहरी अधिकारी भन्छन्,  ''सांकेतिक भाषा बुझ्न नसक्दा सार्वजनिक यातायातका साधानमा लुटपाट बढी हुने गरेको छ ।''

विशेष गरी सर्वसाधारणको बाक्लो भीडभाड हुने स्थानहरु र सार्वजनिक यातायातको साधनहरुमा लुटेरा तथा पाकेटमारहरुले ‘कोड’ भाषा प्रयोग गरी अपराध गर्ने गरेको पाइएको प्रहरीको अनुसन्धानबाट देखिन्छ । 

प्रहरीका अनुसार, यात्रुको भीडभाड भएको मौका छोपी तीन चारजनाको समूहमा रहेका लुटेराले योजनाबद्ध ढंगले लुटपाट गर्ने गर्छन् । बसभित्र एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम हो भन्दै हात फुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।

 बसभित्र एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम हो भन्दै हात फुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।

प्रहरीका अनुसार, यात्रुको भीडभाड भएको मौका छोपी तीन चारजनाको समूहमा रहेका लुटेराले योजनाबद्ध ढंगले लुटपाट गर्ने गर्छन् ।

 बसभित्र एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम हो भन्दै हात फुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।

उनीहरु एउटा स्थानमा उभिएका हुन्छन् तर, आँखा र हात भने सर्वसाधारणको झोला, गर्धनको सिक्री र पर्स थुत्न पुगेको हुन्छ । 

कतिपय पाकेटमारहरु पाकेट मार्न असफल भएपछि ‘पैसा हराएको वा लुटिएको नाटक गर्छन् । ला १ मेरो त पैसा नै चोरी भो’ पाकेटमारले यसो भन्दै गर्दा सर्वसाधारणको ध्यान खल्ती हेर्न र छाम्न तिर जान्छ, त्यसपछि कोसँग कति पैसा छ भन्ने कुरा पाकेटमारले सजिलै चाल पाउँछन् । 

उपत्यकामा सक्रिय पाकेटमार तथा लुटेराहरुले सर्वसाधारणको आँखा छल्न र प्रहरीबाट जोगिन कोड भाषा प्रयोग गर्ने गरेका हुन् ।

लुटेराका कतिपय भाषाप्रति प्रहरी समेत जानकार छैनन् । 

उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् । तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् । 

ठाँउ अनुसार भाषा फेर्छन् अपराधीहरु प्रहरी भन्छन्, भाषाले नभएपनि उनीहरुको हाउभाउ र हेराइले पाकेटमार र लुटेरा ठ्याक्कै छुट्याउन सकिन्छ । 

उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् ।

तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् । 

पाकेटमार समूहहरुबीच कुरा हुँदा यस्ता शब्दहरु प्रयोग हुन्छन् । सुन्नुभयो भने होशियार हुनुहोस् । पाकेटमारहरु तपाईकै वरपर हुन्छन् ।

लुटेराको भाषा नबुझेपनि लुटिनबाट जोगिन सकिन्छ । 

पाकेटमार तथा लुटेराहरुको ‘कोड भाषा र अर्थ’ यस्तो छ । 

मकै  – पैसा भएको पर्स (वालेट)

टोक्नु – झिक्नु वा निकाल्नु

टिनुवा – पाकेटमार

खडी  – लुटपाट गर्नु

घोप्टे   – खुकुरी

चिसो   –  छुरी वा चक्कु

धु्रवदाई  – पैसावाला मानिस

कान      – मोबाइल

दस्ती तोड – पर्सबाट पैसा निकाल

दह       – रुपैयाँ झिक वा निकाल

थान     – एकहजारको नोट

गज     – सयको नोट

सेतो आधा – पाँचसयको नोट

टिप्ली मास्टर– पाकेटमारको मुख्य नाइके

ढेक      – पाकेटमार्दा छेकछाक गर्ने वा ठेलमठेल गर्ने 

मामा    –पुलिस

ठुले     – सादा पोशाकको प्रहरी

लाटा    – युनिफर्म लगाएको प्रहरी

मानबेचे  – प्रहरी भ्यान

डे      – केरकारको प्रहरी (सिआइडी)

टिप्स   – मुद्रा (आफ्नो खल्तीको पैसा खसाली टिप्न भनी अरुको खल्तीबाट पैसा निकाल्ने)

निलचरी – आर्मी र सशस्त्र प्रहरी 

बिरालो   – सेतो भ्यान

पैसा –  द

मोबाईल –  कान

पकेटमारीपीडित – रामे

मुख्य पाकेटमार –  काशी

पैसा धेरै –  टानको दर 

पैसा थोरै छ – जुटको दर 

गाडी – काँचा

केटा – छापा

केटी – भद्री

पुलिस आयो – ठुल्दाई आयो

ड्राईभर – माम

खलासी – मले

गाडीबाट झरेर भाग -टप्की

गाडीभित्र अगाडि सर – अकल जा

गाडीभित्र पछाडी सर – चिछल जा

 

***

पाकेटमारबाट सुरक्षित रहने उपायहरु: 
–    बढी पैसा लिएर हिँड्नु पर्ने अवस्था आएमा साथीसँग हिँड्नुहोस् । सकेसम्म सार्वजनिक सवारी प्रयोग नगर्नुहोस् ।

–    भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स ९व्याग० पाकेट आदिको विशेष ख्याल राख्नुहोस् ।

 –   सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा बोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस् ।

–     बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।===प्रतिकात्मक तस्वीर गूगलबाट 

यो पनि पढ्नुहोस् । 

सार्वजनिक सवारी साधानमा पकेटमार गर्ने ८२ जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?