एजेन्सी। २८ किसिमका अमेरिकी सामानमा भारतले करवृद्धि गरेको छ । अमेरीकाले निर्यात गर्ने बदाम, ओखर र स्याउमा समेत जस्ता फलफुलहरुमा करवृद्धि गरेको भारतीय केन्द्रिय भन्सार बोर्डले जनाएको छ ।
भारतीय अधिकारीका अनुसार अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम अमेरीकाले चालेको हो । पछिल्लो समयमा अमेरीका र भारत बिचको आपसी सम्बन्ध राम्रो रहेको भनिएतापनि अहिले दुबै देशले आफ्ना मुलुकका सामानमा कर बृद्धि गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले कृषि क्षेत्रमा अनुदान दिएर प्रतिष्पर्धी कमजोर पारेको र सामानलाई भारतका विभिन्न सहर तथा बजारहरुमा सहज पहुँच नभएको आरोप लगाएका छन् ।
अमेरीकी सामानमा भारतले १२० प्रतिशत करबृद्धि गरेको छ । करबृद्धिले भारतलाई ठुलो धनराशि भारतीय रुपैयाँ राजस्व संकलन हुने बताइएको छ । भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब १ खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । अमेरीकाले कर बढाएपछि भारतले पनि कर बढाएको हो । अमेरीका बाहेकका अन्य मुलुकहरुमा भने पुरानै नियम लागु हने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया