एकनाथले प्रधानमन्त्रीसँग किन सुटुक्क भेटे ? यस्ता थिए पहिले गरेको ३ बुँदे सहमति

काठमाडौं । होली वाईन खुवाउने एकनाथ ढकालले गत चैत्र २९ गते एक सञ्चार माध्यममा अन्र्वार्ताको क्रममा भनेका थिए अब ‘छिट्टै संसदमा देख्नुहुन्छ’ ।  निर्वाचन भएर एक वर्षभन्दा लामो समय पार भइसकेपछि ढकालले पोखरामा यस्तो दाबी गरेका थिए । 

नभन्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रधानमन्त्री ओलीसँग माग गरेका छन्। आइतवार बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई निर्वाचन अगाडि भएको सहमति कार्यान्वयन गर्न माग गरेका हुन्।


प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि परिवार दल तत्कालिन नेकपा एमालेसँग तीन बुँदे सहमति गरी पार्टीलाई एमालेमा विलय गराएका उनी होली वाईन चर्चासँगै सबैको ध्यान खिचेका थिए ।   परिवार दलकै ब्यानरमा देशव्यापी जनगारण अभियान चलाउँदै आएका उनले आज  प्रधनमन्त्री ओलीसँग पूर्तवत् सहमति अनुसार परिवार दलका तर्फबाट समानुपातिक प्रणाली अन्तर्गत नेताहरुलाई संसद बनाउने भनिएको थियो। ढकाल एमालेको समानुपातिक सूचीमा परेका थिए। तर निर्वाचनको परिणामले दलहरुका तर्फबाट महिलाहरुको प्रतनिधित्व सुनिश्चित गराउनुपर्ने बाध्यता आएपछि उनी सांसद हुन पाएका थिएनन्।

०६४ सालको संविधानसभामा समानुपातिकतर्फ एक सिट जितेको परिवार दलले ०७० को संविधानसभा निर्वाचनमा दुई सांसद जितेको थियो। उनी यसअघि दुई पटक मन्त्रीसमेत भइसकेका थिए।

ढकालका निजी सचिव जितेन्द्र श्रेष्ठका अनुसार यस विषयमा  नेपाल कम्युनिष्ट पार्टी ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ। 
नेपालमा पछिल्लो पटक अयोजना भएको एशिया प्यासिफिक समिटको विषयलाई लिएर सरकारको चर्को  आलोचना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?