भारतीय नम्बर प्लेटका गाडिको प्रयोग बढ्दो, सुरक्षा जाँचमा कडाई

काठमाडौं । सिराहामा भारतीय नम्बर प्लेटका गाडिलाई नेपाल प्रहरीले चेकजाँचमा कडाई गरेको छ । 

भारतीय नम्बर प्लेटका गाडिको प्रयोगले राजश्व चुहावट भइरहेको पाइएकोले चेकजाँचमा कडाई गरेको हो । जिल्ला भन्सार कार्यालय सिराहाका कर्मचारीले राजश्व नतिरी भारतीय गाडि प्रयोग गर्ने चलन बृद्धि हुदै गएको बताए । 

भारतीय नम्बर प्लेटको मोटरसाईकलको १०० र कारको ४०० राजस्व तिर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । 

शुल्क बुझाएर एक बर्षमा ३० दिनसम्म मात्र चलाउन मिल्ने र शिमावर्ती क्षेत्रभित्र बिहान आएर साँझ फर्कदा पैशा नलाग्ने कानुनी प्रावधान रहेको छ । 

सिमा जोडिएका क्षेत्रहरुमा बर्सौसम्म राजश्व नतिरी चलाउने भारतीय नम्बर प्लेटका गाडिहरु प्रयोग हुने गरेको छ । बढ्दो संख्यामा भारतीय नम्बर प्लेटका गाडि राजनीतिक दलका स्थानीय नेता, तस्कर तथा व्यापारीले प्रयोग गर्ने गरेका छन् । 

नेपालमा खरिद गर्दा ठुलो धनराशि तिर्नुृपर्ने हुदा भारतमा खरिद गर्दा नेपालको वास्तविक मुल्यको  एक चौथाइको एक हिस्सा पर्ने कारणले गाडिको प्रयोग बढेको र चेकजाँचमा कडाइ नगरिएका कारण पनि गाडिको संख्या बृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?