काठमाडौं । एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।
यही असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बङ्गालदेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ ।
यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–० गोलअन्तरले पराजित भएको थियो । घरेलु मैदानमा पराजित भएको लिग च्याम्पियन मनाङलाई उसैको मैदानमा हराउने सुनौलो अवसर समेत हुनेछ ।
समूह ‘ई’ मा रहेको मनाङले यसअघि खेलेको चार खेलमा दुईमा बराबरी तथा दुई खेलमा पराजित भएको थियो । दुई अङ्क जोडेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । यता अबहानी भने चार खेलबाट सात अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
समान सात अङ्क नै जोडेको भारतको चेन्नायिन गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । त्यस्तैँ मिर्नेर्भा पन्जाव चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया