पेट्रोलियम पदार्थ आपूर्ति गर्ने ट्यांकर ढुवानी व्यवसायीले अनिवार्य भ्याटमा जाने नियम कार्यान्वय गर्न खोजे हड्ताल गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले सोमबार आयल निगमलाई एक पत्र लेख्दै १२ असारभित्रै भ्याटमा दर्ता हुन नसक्ने र त्यो नियम लागू गर्न खोजे देशव्यापी रुपमा पेट्रोलियम ढुवानी बन्द गर्ने धम्की दिएका हुन् ।
पेट्रोलियम पदार्थको ढुवानीमा सिन्डिकेट चलाइरहेका ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले १२ असारपछि भ्याटको कारोबार अनिवार्य गरे ट्यांकरको साँचो आयल निगमलाई बुझाउने बताए । ुहामी अहिले नै भ्याट कारोबारमा जाने अवस्थामा छैनौं ।
आगामी आर्थिब वर्ष २०७६र७७ को बजेटले १२ असारदेखि सबै प्रकारका ढुवानी साधनलाई भ्याटको दायरामा ल्याउने नीति लिएको छ । तर, इन्धन ढुवानी व्यवसायीले आन्तरिक कारण देखाउँदै तत्कालै भ्याटमा जान नसकिने र जबर्जस्ती गरे इन्धन आपूर्ति रोक्ने आशयको पत्र निगमलाई दिएका छन् ।
देशभरका ट्यांकर व्यवसायीलाई १२ असारपछि साँचो बुझाउन तयारी अवस्थामा रहन पत्राचार गरिसकेको अर्यालले बताए । समाचार स्रोत : नयाँ पत्रिका दैनिक २०७६- ०३ -०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया