सिमोनले रजत जिते

नेपाली कराँते खेलाडी सिमोन खत्रीले अस्ट्रेलियाको मेलबर्नमा भएको भीकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । 

पुरुष ७५ केजीमाथि तौलसमूहमा सिमोन फाइनलमा पुगेका हुन् ।

उनी अस्ट्रेलियाका फिलिपसँग पराजित भएपछि स्वर्ण जित्नबाट चुके ।

यसअघि उनले विभिन्न राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ काँस्य जितेका छन् ।-प्रतिकात्मक फोटो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?