राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे माग, सरकारसंग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रा एवं समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्ने बताइएको छ ।
बैठकमा अध्यक्ष कमल थापाबाट समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा विषयमा राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिङ्देनबाट संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन, महामन्त्री भाष्कर भद्राबाट सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलबाट आर्थिक प्रतिवेदन पेश हुने जारी विज्ञप्तीमा जनाइएको छ ।
विस्तारित बैठकमा ७७ वटै जिल्लाका अध्यक्षहरुको सहभागीता रहनेछ ।
बैठकमा प्रदेश अध्यक्ष, भातृ संगठनका प्रमुख र जिल्ला अध्यक्षहरुबाट सांगठनिक र भावी कार्य योजना सम्बन्धि प्रतिवेदन पनि पेश हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया