बौद्धस्थित समता अस्पतालमा एक युवती झुण्डीएको अवस्थामा मृत फेला

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा आज एक युवती झुण्डीएको अवस्थामा मृत फेला परेकी छन् । 

सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

तामाङ मृत देला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् । 

रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड गरेपछि भिडलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?