नेपाली गितमा नाचेपछि सन्नी लियोनले यसो भनिन्  !

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनले नेपाली चलचित्र ‘पासवर्ड’को आईटम गित  ‘आजको साम’ मा डान्स गरेको भिडियो भर्खरै मात्रै सार्वजनिक भएको छ । यो समाचार तयार पार्दासम्म उनले नृत्य गरेको यो गितको भ्युअर्स १५ लाख क्रस भइसकेको छ । 

यसैबिच उनले सोहि गित पोष्ट गर्दै नेपाली फिल्म खेल्न पाउँदा गर्व महसुस भएको बताएकी छिन् । 

 ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सामाजिक संजालमा लेखेकी छन् ‘नेपाली फिल्म ‘पासवर्ड’को गीत शेयर गर्न पाएकोमा म निकै खुसी छु ।’ ‘तपाईंहरु मेरो नेपाल प्रतिको माया जान्नुहुन्छ’ म नेपाली फिल्म क्षेत्रको हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दछु ।’

भदौ २७ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको प्रिमियरका लागि सन्नी नेपाल आउने निर्माण टिमले बताएको छ । 
सन्नीको यो पहिलो नेपाली फिल्म अभिनय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?