गृहमन्त्रीले सातै प्रदेशका डीआईजीसँग भने, ”हाई अलर्टमा बस्नुस्”  कारण यस्तो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नयाँ प्रदेश प्रमुखका रुपमा जान लागेका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई विप्लव समूहको गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।

उनले मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित नयाँ प्रदेश प्रहरी प्रमुखहरुलाई विप्लव समूहसहित अराजक गतिविधि गर्नेमाथि निगरानी राख्न निर्देशन दिएका हुन् ।

उनले राजावादी र विखण्डनवादीका गतिविधि पनि निगरानीमा निर्देशन दिएका छन् ।

उनले भने, ‘प्रतिपक्षले साना विषय पनि उचालिरहेको छन्, सचेततापूर्वक काम गर्नू, आफूलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने महसुस गरेर काम गर्नू ।’

बादलले प्रदेश अनुसार फरकफरक समस्या र विशिष्टता रहेको उल्लेख गर्दै सोही अनुसार काम गर्न पनि निर्देशन दिएक छन् ।

तीन दिनअघि प्रदेश १ मा ठाकुरप्रसाद ज्ञवाली, २ मा प्रद्युम्न कार्की, ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद शर्मा घिमिरे, ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा गर्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?