पतिले टिकटक नचलाउन भनेपछि पत्नीले गरिन् आत्महत्या !

एजेन्सी । भारतको तमिलनाडुमा पतिले टिकटक नचलाउन भनेपछि एक महिलाले आत्महत्या गरेकी  छन् । 

पतिको गालीबाट रिसाएर ती महिलाले टिकटकमै आफ्नो अन्तिम भिडियो पोस्ट गरेर आत्महत्या गरेकी हुन्  ।

तमिलनाडुको अरियालुरकी २४ वर्षीया एक महिलालाई उनका पतिले टिकटकमा भिडियो हालिरहेको भनेर गाली गर्ने गर्दथे । 

लोग्नेको किचकिचबाट दिक्क ती महिलाले अन्ततः विष पिएर आफ्नो अन्तिम भिडियो रेकर्ड गरिन् र लोग्नेलाई ह्वाट्सएपबाट उक्त भिडियो पठाइन् ।

परिवारजनका अनुसार ती महिलालाई टिकटकमा भिडियो बनाउने यस्तो लत बसेको थियो कि आफ्ना सन्तानको समेत ध्यान राख्न छाडेकी थिइन् । 

पत्नीको त्यो बानीबाट दिक्क भएर उनका लोग्नेले गाली गर्न थालेका थिए । गाली सहन नसकेर उनले विष पिएर आत्महत्या गरेकी हुन् ।

मर्नुअघि उनले आत्महत्या गर्न लागेको जानकारी लोग्नेलाई पठाएकी थिइन् । केही बेरपछि नै ती महिलाको मृत्यु भयो । भिडियोमा उनले लोग्नेलाई सन्तानको ख्याल गर्न भनेकी छन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?