देउवाको प्रतिक्रिया: प्रधानमन्त्रीले पहिला बोलेपछि मैले के बोल्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।  

मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिपक्षलाई बोल्न नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको प्रति आपत्ति जनाउदै यस्तो बताएका हुन् ।

 उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?’

प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनुपर्ने माग गर्दै काँग्रेसले संसद अवरुद्ध पार्दा मंगलबारको बैठक स्थगित भएको थियो । 

विपक्षीको नाराबाजीका कारण रोष्टममा पुगेका प्रधामनमन्त्री ओलीसमेत सम्बोधन नगरी फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?