गुठी विधेयक सम्बन्धमा कांग्रेस जिल्ला सभापतिहरुले यस्तो विज्ञप्ती निकाले

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले गुठीका सम्बन्धमा ल्याईएको विधेयक तत्काल फिर्ता लिई गुठीमा आइ परिरहेको समस्या समाधान गर्नतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

गुठियारहरु आन्दोलनमा उत्रिदा सरकारबाट भएको धरपकड प्रति पनि जिल्ला सभापतिहरुले दुख व्यक्त गरेका छन् । 

गुठी विधेयकको विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुलाई सरकारी दमन धरपकड र अन्धाधुन्ध बलप्रयोग गरि दर्जनौ संरक्षणकर्मी तथा गुठीयारहरुलाई घाईते बनाइएको प्रति गम्भीर ध्यानाकर्षण गराउनुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारका विपरित सरकारको चरित्र निरङ्कुशता तर्फ उन्मुख भएको पनि बिज्ञप्तीमार्फत स्पष्ट पारेको छ ।

संविधानको प्रतिकूल धर्म संस्कृति र परम्परा विनाश गर्ने गरि ल्याईको गुठी विधेयक कुनैपनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल फिर्ता लिन हामी समेत जिल्ला सभापतिहरू जोडदार माग गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?