सभापति देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार भएको जीप दुर्घटना परि ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ती मिलोस र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?