शेयर बजार दुई अङ्कले घट्यो

काठमाडौं । सोमबार समान्य अङ्कले सुधार भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव २३ बिन्दुले घटेर एक हजार २५६ दशमलव ६६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ० दशमलव ०३ बिन्दुले बढेर २७० दशमलव २९ अङ्कमा पुगेको छ । 

घटेको बजारमा कारोवार रकममा पनि गिरावट आएको छ । कूल १ सय ७७ कम्पनीको १२ लाख २६ हजार ६ सय ८६ कित्ता शेयर ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कबुल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । त्यसमा बैंकिङ ०।४४, विकास बैंक १।४६ र लघुवित्त ४ दशमलव ८५ अङ्कले घटेका छन् ।

यस्तै होटल १३ दशमलव ८६, जलविद्युत् १ दशमलव ४, वित्त २ दशमलव १३, निर्जीवन बीमा २८ दशमलव ३५, उत्पादन २१ दशमलव ६, अन्य ५ दशमलव ४४, जीवन बीमा ५० दशमलव ४१ र सामूहिक लगानी कोष ० दशमलव ०७ अङ्कले घटेको छ । 

स्टकका अनुसार आज तारागाउँ रिजेन्सी होटलको सबैभन्दा बढी कारोवार भई शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता ३ सय १२ को दरमा  चार करोड २४ लाख ५६ हजार ५३० कारोवार भयो । यस्तै एनआइसी एशिया बैंकको प्रतिकित्ता  ४ सय ६१ मा दुई करोड एक लाख ४१ हजार ४ सय २५, शिवम् सिमेन्ट प्रतिकित्ता  ६ सय ५६ मा  एक करोड ९४ लाख ८२ हजार २ सय १५, नेपाल बैंक लिमिटेड प्रतिकित्ता  ३ सय २३ मा  ए करोड ८९ लाख ८१ लाख ६ सय ९२, प्रभु बैंक २६५ मा एक करोड ५७ लाख २७ हजार ८ सय २७ र एनसिसी बैंकको रु २ सय ५६ का दरले एक करोड छ लाख ४५ हजार ५ सय ६६ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । 

स्टकका अनुसार आज गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ दशमलव ९४ प्रतिशतले कमाउँदा गणपति माइक्रो फाइनान्स वित्तीय संस्था ६ दशमलव ८७, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव ९३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ४ दशमलव ५८, माउण्टेन हाइड्रो नेपाल ३ दशमलव ९६, रैराङ हाइड्रो डेभलपमेन्ट कम्पनीका शेयरधनीले ३ दशमलव ७० प्रतिशतले कमाए । 

यसैगरी समता माइक्रो फाइनान्स वित्तीय संस्था ५।३८, पञ्चकन्या माई हाइड्रोपावर ५ दशमलव ३०, नेपाल हाइड्रो डेभलपर्स ५ दशमलव १४, युनियन हाइड्रो ४ दशमलव ८९, सिद्धार्थ इन्स्यारेन्स ४ दशमलव ७४ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ४४ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?