विवादास्पद विधेयकविरुद्ध सशक्त आन्दोलन गर्ने देउवाको चेतावनी

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका विवादास्पद विधेयक फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

उनले सरकारले जवर्जस्ती गरेर अघि बढे सशक्त प्रतिरोध गर्ने भन्दै प्रजातन्त्र विरोधी विधेयकहरुलाई काँग्रेसले कुनै हालतमा नस्वीकार्ने बताए ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति देउवाले, गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक, मानवअधिकार विधेयक लगायतका विधेयकले लोकतन्त्रलाई कमजोर बनाउने दावी गरे ।

उनले भने, "बोल्न पाउने, लेख्न पाउने कुरा प्रजातन्त्रमा महत्वपूर्ण हो । तर सरकारले त्यसमाथि नियन्त्रण गर्न खोजेर प्रजातन्त्र माथि नै आक्रमण गर्न खोज्यो। "

सभापति देउवाले त्यस्तै उनले राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकको पनि विरोध गरे । 

उनले रक्षा मन्त्रालय र गृहमन्त्रालयमाथि नै अविश्वास गरेर शक्ति प्रधानमन्त्रीमा निहित गर्न खोजेको आरेप लगाए । 

प्रजातन्त्रको महत्वपूर्ण अंग मानवअधिकार भएको भन्दै देउवाले निर्वाध बोल्न र लेख्ने स्वतन्त्रतामाथि बन्देज लगाउने विधेयक फिर्ता गर्न समेत माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?