एजेन्सी । ग्यारेथ बेलका एजेन्ट जोनाथन बर्नेटले रियलका स्टार ग्यारेथ बेलले लोनमा रियल मड्रिड नछाड्ने बताएका छन् ।
रियलको बागडोर सम्हाल्न आईपुगेका जिनेदिनले बेल बिनाको टिम बनाउन खोजिरहेका छन् । बेलका एजेन्ट बर्नेटका अनुसार रियलका मुख्य प्रशिक्षक जिदान २९ बर्षका स्टार बिनै अघि बढ्न खोजिरहेका छन् । रियलले समर ट्रान्सफरमा २ सय ५० मिलियन पाउण्ड भन्दा धेरै रकम खर्च गरिसकेको छ ।
उसले नयाँ सिजनका लागि पाँच नयाँ खेलाडी टिम पुर्नसंरचनाको क्रममा क्लबमा अनुबन्धन गरेको छ । रियलको उच्च मुल्य र बेलले प्रतिसाता मागेको ६ लाख पाउण्ड पारिश्रमिकले उनको बहिर्गमन निकै कठिन बनेको छ । लोनमा बाहिर पठाउने बिषयलाई तत्कालिन समाधानको विकल्पको रुपमा हेरिएको थियो ।
तर एजेन्ट वर्नेटले त्यस सम्भावनालाई अस्विकार गरेका छन् । उनले बेललाई लोनमा बाहिर पठाउने कुनै सम्भावना नरहेको बताएका छन् । ‘लोनमा बाहिर जाने बिषय कुनै हालतमा सम्भव छैन ।’ उनले भनेका छन् । ‘मलाई लाग्छ, उनी लोनमा बाहिर जान मान्नेछन् । उनले निकै राम्रो जिवन स्पेनमा बिताईरहेका छन् । उनी यसमा सहमत हुने छैनन् । लोनको बिषय स्विकार योग्य छैन ।’ उनले थपेका छन् ।
‘रियलमा उनको अवस्थामा कुनै बदलाब आएको छैन ।’ उनले भनेका छन् । म्यानचेष्टर युनाईटेडले बेललाई लामो समयका लागि क्लबमा अनुबन्धन गर्ने लक्ष्य राखेको थियो । तर पछिल्लो समय प्रिमियर लिग क्लब म्यान युले टोटेनहमका पुर्व स्टारलाई अनुबन्धन गर्न जोड गरिरहेको छैन । ‘उनी त्यहाँ फिट हुन सक्छन् । मलाई लाग्छ, उनी निकै राम्रो गर्न सक्छन् ।
उनी अहिले पनि विश्वका एक उत्कृष्ट खेलाडी हुन् । तर यो निकै गाह्रो छ ।’ बेलका एजेन्टले जोनाथनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया