काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमण असफल भएको कांग्रेस सभापति शेरबहादुर देउवाले टिप्पणी गरेका छन् ।
सभापति देउवाले संसदमा बोल्दै प्रधानमन्त्री ओलीलाई फ्रान्समा कार्यकारी राष्ट्रपतिले भेट नगरेको र बेलायतमा सम्झौतानै नभएको कुरा दर्शाउदै भ्रमण असफल भएको बताए ।
उनले आफु प्रधानमन्त्री पदमा हुँदा बेलायत भ्रमणको दौरानमा त्यहाँका उच्च व्यक्तीहरुसँग भेटबार्ता गरि भूतपुर्व गोर्खा सैनिकको पेन्सन बढाउने सहमति गरेका तर अहिले कुनैपनी सहमति नभएको कुरा प्रष्ट्याए ।
उनले प्रधानमन्त्रीलाई दिएको गार्ड अफ अनरको टिप्पणी गरे । व्यंग्यात्मक सैलिमा सभापति दउवाले भने, ‘गोर्खा सेनाले गार्ड अफ अनर दिए रे । अनि ह्वाइटहरुले सलामनै नगरेपछि के गर्ने ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया