अर्जेटिनाको पाराग्वेसंग बराबरी, अघिल्लो चरण कठिन

एजेन्सी । बिहिबार बिहान भएको कोपा अमेरिकी फुटबलमा अर्जे्न्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको छ ।

खेलको ३७ औ मिनेटमा पाराग्वेका रिचर्ड सान्चेजले गोलमार्फत आफ्नो टिमलाई अग्रता दिलाएका थिए । मिगुएल अल्मिरोनको उत्कृष्ट क्रसलाई सान्चेजले गोलमा परिवर्तन गरेका थिए ।
अर्जेन्टिनाको लागी ५७ औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा एकमात्र गोल गरेका थिए ।

इभान पेरिसकले डि बक्सभित्र ह्यान्ड गरेपछि अर्जे्न्टिनाले पेनाल्टीको अवसर पाएको थियो । त्यस अवसरको सदुपयोग गर्दै लियोनल मेस्सीले गोल गरे । पहिलो खेलमा कोलम्बियासंग २–० ले हार ब्यहोरेको अर्जे्न्टिनाले दोस्रो खेलमा अंक बाड्एको छ ।

समूह ‘बी’ बाट कोलम्बिया समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । पाराग्वे २ खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अर्जे्न्टिनाले २ खेलबाट मात्र १ अंक जोडेको छ ।
यस नतिजाले अर्जे्न्टिनाको अघिल्लो चरणको सम्भावना कठिन बनेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?