पक्राउ परेका भारतीय प्रहरी रिहा

काठमाडौं । अनुमति नलिई एक बालिका र युवकलाई भारत लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको तीन जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले भारतीय प्रहरीको जिम्मा लगाएको छ।

अछाम प्रहरीले सोमबार तीन जना भारतीय प्रहरीलाई नियन्त्रण लिएको थियो । भारतको छत्तीसगढ प्रहरी कार्यालयका प्रहरी महानिरीक्षक कार्यालयमा बिलासपरमा कार्यरत सइ अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेलकालाई अछाममा नियन्त्रणमा थियो । 

गृहमन्त्रालयको आदेशअनुसार उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ भोजराज श्रेष्ठले जानकारी दिए । मंगलवार नै हामीले छोडिसकेका छौं । भारतीय प्रहरीलाई जिम्मा लगाएका हौं, सडिओ श्रेष्ठले भने।

उनीहरु अनुमति नलिई एक बालिका र युवकलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको थियो । भारतको कोरबा छत्तिसगढ शान्तिनगर वडा नम्बर ७ भारत बस्ने ३८ वर्षीया उर्मिला राठौरकी १५ वर्षीया छोरी काजल राठोर हराइन्। हराएको ७ दिनपछि अप्रिल ८, २०१९ मा उर्मिलाले दीपिका थान कोरबार छत्तीसगढमा बालिका हराएको भन्दै उजुरी दर्ता गराइन् ।

उजुरीमा बालिका अछामका केशव सोनीले भगाइ लगेको उल्लेख गरिएको प्रहरीको अनुसन्धनमा देखिएको छ। १९ वर्षीय केशव केही समयदेखि भारतमा काम गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?