काठमाडौं । नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंग्याउने विषयमा दुइ देशवीच छलफल भएको छ ।
मलेसियाका मानव संसोधन मन्त्री एम कुलासेगर र श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालबीच मंगलबार भएको विशेष भेटका क्रममा दुई देशबीचको श्रम सम्बन्धका बारेमा छलफल भएको हो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा सचिव दाहाल र कुलासेगरनबीच स्विट्जरल्यान्डमा भेटवार्ता भएको थियो ।
छलफल मलेसिया र नेपालबीच सम्पन्न श्रम सम्झौतालाई कार्यान्वयनमा लैजान बाँकी रहेका विषयलाई चाँडो भन्दा चाँडो टुङ्गो गर्ने विषयमा केन्द्रित रहेको थियो ।
छलफलमा दुबै देशले अहिलेसम्म गरेको तयारीको विषयमा जानकारी गराउदै श्रम सम्झौता तथा अन्य कार्यहरुका लागि एक महिनाभित्रै दुवै देशको संयुक्त प्राविधिक समितिको बैठक बस्ने भएको छ । नेपाली कामदार १ वर्षदेखि मलेसियामा कामको लागि जान पाएका छैनन् ।
दुबै देशबिच श्रम समझदारी भइसकेपछि पनि नेपालले भिजा प्रक्रियामा नयाँ संयन्त्र तय गर्न मलेसियासंग माग गर्दे आएको छ ।
नेपालले मलेसिया जाने माथि अवैध तरिकाले शुल्क ज्यादती गरेको भन्दै मलेसिया आवत जावत गर्न नेपाल सरकारले बन्द गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया