चिनियाँ सेनाले १५ करोड युआन बराबरका सामग्री नेपाली सेनालाई सहयोग गर्ने

काठमाडौं । चिनियाँ सेनाले नेपाली सेनालाई १५ करोड युआन बराबरका सामग्री सहयोग गर्ने भएको छ । 

औपचारीक भ्रमणका क्रममा चिनको बेईजिङ पुगेका प्रधानसेनापति पुर्णचन्द्र थापाले बुधबार लि जुओचाङसँग भेटबार्ता गरेका छन् ।

भ्रमण तथा भेटबार्ताका क्रममा प्रधान सेनापति थापाले चिनीया सेनाबाट नेपाली सेनालाई १५ करोड युआन बराबरको सामग्री प्राप्त गर्ने सम्बन्धि हस्ताक्षर गरेका हुन् । 

साताव्यापी भ्रमणमा रहेका प्रधानसेनापति थापा असार ७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?