काठमाडौं काठमाडौंको कोटेश्वरमा चक्कु हानाहान भएको छ । आज दिउँसो जडीबुटीमा उमेर ठेगाना नखुलेका डिम्पल घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन्। प्रहरीका अनुसार दुवै पाकेटमार हुन्।
चक्कु प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको कोटेश्वर प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिउँसै चक्कु हानाहान भएपछि स्थानीयबिच भागाभाग भएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया