गोकर्णेश्वर बस दुर्घटना अपडेट: एकको मृत्यु, २० जना घाईते

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बस दुर्घटना हुँदा एकको मत्यु भएको छ, भने बसमा सवार २० यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक सागर कुँवर रहेका छन् ।

सुन्दरीजलबाट गोकर्णेश्वर हुँदै रत्नपार्क आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस दुर्घटनामा परेको थियो । 

घाइते २० जनाको अत्तरखेलस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?