‘चुरोट जतिकै हानिकारक छ चिनी’, डाक्टरले दिए मधुमेहबाट बच्ने यस्ता टिप्स

विकासको आयातन फैलिएसँगै मानिस विलासी बन्दै गएको छ । यही विलासी जीवनशैलीले विभिन्न किसिमका रोगहरुलाई जन्माइरहेको अवस्था छ । असन्तुलित आहार र अव्यवस्थित जीवनशैलीकै कारण निम्तिने विभिन्न रोगहरु मध्ये अहिलेका मुख्य रोग हुन् : मधुमेह अर्थात् चिनी रोग र थाइराइड ।

मधुमेह रोगको संक्रमण यतिसम्म वृद्धि भइरहेको अवस्था छ कि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को सन् २०१४ को तथ्याङ्क अनुसार विश्वभरिमा ४ सय २२ अर्ब मानिस मधुमेहबाट संक्रमित थिए त्यस्तै सन् २०१६ मा १.६ अर्ब मानिसको मृत्युको कारण पनि मधुमेह नै रह्यो । 

विश्व स्वास्थ्यको ठूलो चुनौती बनेको यो रोगबाट नेपाल पनि अछुतो छैन । हरेक उमेर समुहका व्यक्तिहरु यसबाट संक्रमित भइरहेका छन् । यस्तो भयानक रोगको कारण के हो, संकेतहरु केकस्ता छन्, यसलाई न्यूनीकरण गर्ने तरिकाहरु के कस्ता छन् र नेपालमा यसको अवस्था कस्तो छ भन्ने विषयमा केन्द्रित रहेर लोकपथकर्मी प्रेरणा तिमल्सिनाले सानेपास्थित स्टार हस्पिटलका मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा.अमित त्रिपाठीसँग गरेको कुराकानी हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?