उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनएका १७ कामदार सकुशल निकालिएको छ ।
विहीबार साँझ ८ बजेदेखि आयोजनाको सुख्खा पहिरोमा थुनिएकोमा उनीहरुको रातभरको प्रयासपछि उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गएरातिदेखि पहिरोमा थुनिएका सबै जनाको उद्दार गरि अहिले स्वास्थ्य परिक्षण भइरहेको छ ।
सुरुङभित्र ११ नेपाली र ६ जना चिनियाँ नागरिक थुनिएका थिए । र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटेका थिए ।
सुरुङ क्षेत्रमा अहिले पनि सुक्खा पहिरो खसिरहेको छ ।
अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् ।
तर, भौतिक क्षतिको विस्तृत विवरण भने अझै आइन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया